काठमाडौंको काष्ठमण्ड नजिकै लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

तीन वटा घर र एउटा मन्दिर आगोको चपेटामा, आगो निभाउने प्रयास जारी
आश्विन १३, २०८२ |मुरारी घिमिरे
काठमाडौंको काष्ठमण्ड नजिकै लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

काठमाडौं । काठमाडौंको काष्ठमण्डप नजिकैका घरहरुमा आगलागी भएको छ । बिहान ३ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

काष्ठमण्डप पछाडीका तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् । दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् । आगलागी कपडा गोदमाबाट सुरू भएको स्थानीयले बताएका छन् । तर आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।