पाल्पा । स्थानीय तहले सामाजिक सुरक्षा भत्ता बैंकमा राखिदिएपछि दसैं मनाउन पैसा झिक्नेको भीडले ज्येष्ठ नागरिक र एकल महिलाले सास्ती खेप्नु परेको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंकको काउन्टर बाहिर ज्येष्ठ नागरिक, एकल महिलाहरुको भीड लागेको हो ।
गाउँघरमा कतिपयले दसैं पछि पैसा झिक्न नपाइने हल्ला चलाएकाले पनि बैंक विदा हुने अन्तिम दिन सामाजिक सुरक्षा भत्ता लिन हतार हतार आएको तानसेन नगरपालिका–१२ का ललितजंग थापाले बताएका छन्। बैंकमा खुद्रा पैसा साट्ने, चेक साट्ने साथै सामाजिक सुरक्षा भत्ता लिने लगायतको भीड लागेको हो ।
मुलुकको पछिल्लो परिस्थितिले गर्दा पुनः भत्ता समयमा नआउने हो कि भन्ने चिन्ताले पनि बैंकमा आएको रकम निकाल्न आतुर गरेको उनीहरुले बताएका हुन्। आईतबार पाल्पाका सरकारी तथा निजी बैंकमा पैसा झिक्नेको भीड लागेको छ । बैंकहरुले भने त्यस्तो कुनै सूचना बाहिर नगएको र हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।