नवरात्रअन्तर्गत आज आश्विन शुक्ल पञ्चमी, शक्तिपीठहरूमा भक्तजनको घुइँचो

आश्विन ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
नवरात्रअन्तर्गत आज आश्विन शुक्ल पञ्चमी, शक्तिपीठहरूमा भक्तजनको घुइँचो

काठमाडौं । आज आश्विन शुक्ल पञ्चमी, नवरात्रको छैटौँ दिन भए पनि तिथिको घटबढका कारण पञ्चमी तिथि परेकाले नवदुर्गामध्येकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा-आराधना गरिँदैछ।

ज्ञान र कर्मशक्तिकी देवीस्वरूपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । 

स्कन्दमाताले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्न प्रेरणा दिने विश्वास गरिन्छ। 

धार्मिक विश्वासअनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रूपलाई स्कन्दमाता भनिएको हो । स्कन्दमाताको शरीर वर्ण पहेंलो चित्रण गरिएको छ । 

यी देवीले मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । 

स्कन्दमाता देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने शास्त्रीय मान्यता छ ।

नवरात्रमा प्रत्येक दिन एक-एक देवीको आराधना गर्ने परम्परा छ। श्रद्धालुहरू घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्। 

नवरात्रिको अवसरमा राजधानी काठमाडौंसँगै देशभरका शक्तिपीठहरूमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.