कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य, ४० बैठक बस्दा ७ वटा विधेयक पारित

आश्विन १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य, ४० बैठक बस्दा ७ वटा विधेयक पारित

विराटनगर । कोशी सरकारले प्रदेश सभाको चालु सातौँ अधिवेशन शुक्रबारदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । जेन-जी पुस्ताले गत भदौ २३ र २४ गते गरेको आन्दोलनका कारण कोशी प्रदेश सभाको सभाकक्ष र कार्यालय तोडफोड र आगजनीबाट ध्वस्त भएको थियो ।

गत जेठ चार गते सुरू भएको सातौँ अधिवेशनमा ४० वटा बैठक बसेका थिए । अधिवेशनले सात वटा विधेयक पारित गरेको छ। पारित गर्ने प्रक्रियामा रहेका प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारी भाषा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक बाँकी रहेका छन् । 

अघिल्लो अधिवेशनबाट सरेर आएका चार वटा विधेयक मध्ये सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको गैरसरकारी विधेयक प्रदेश सभाले अस्वीकृत गरेको थियो । 

बाँकी तीन वटा विधेयक भने पारित भएका थिए । सातौँ अधिवेशनमा दर्ता भएका सात वटा विधेयक मध्ये पाँच वटा पारित भए भने दुई वटा पारित हुन बाँकी थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.