पूर्वपदाधिकारीहरूलाई कानुनबाहेक दिइएका सुविधा फिर्ता गर्ने सरकारकाे निर्णय

आश्विन १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वपदाधिकारीहरूलाई कानुनबाहेक दिइएका सुविधा फिर्ता गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले पूर्वपदाधिकारीहरूलाई कानुनबाहेक दिइएका सुविधा फिर्ता गर्ने भएको छ ।

पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई कानुनबमोजिम बाहेकका सेवा स्थगन गराउने प्रक्रिया शुक्रबारबाटै अघि बढाइएको हो । 

अर्थ मन्त्रालयले शुक्रबार रक्षा र गृह मन्त्रालयलाई स्वीकृति मापदण्ड वेगरमा सुविधा खोस्न निर्देशन दिएको हो । त्यस्ता सुविधा स्थगत गर्ने कार्य शीघ्र कार्यान्वयनमा गर्न गराउन पत्राचार गरिएको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.