दूध बोक्ने भ्यान भोटेकोसी नदीमा खस्दा चालक बेपत्ता

आश्विन १०, २०८२ |कमला पाख्रिन
दूध बोक्ने भ्यान भोटेकोसी नदीमा खस्दा चालक बेपत्ता

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको अरनिको राजमार्गमा शुक्रबार बिहान दूध बोक्ने भ्यान भोटेकोसी नदीमा खस्दा चालक बेपत्ता भएका छन्।चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटेस्थित सिन्धु दुग्ध डेरीको दूध संकलन गर्ने बा १२ च ६५९४ नम्बरको मारुती मिनि डेलिभरी भ्यान सुकुटेबाट खाडिचौर जाँदै गर्दा सडकबाट करिब ५० मिटर तल भोटेकोशी नदीमा खसेको प्रहरीले जानएको छ ।

गाडी काभ्रे पनौती नगरपालिका–१० पस्थलीका नवराज खुलालले चलाइरहेका थिए। दुर्घटनाका बेला उनी मात्र सवार रहेको र खसेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी चौकी बलेफीबाट प्रहरी नायव निरीक्षक सुरेशप्रसाद गुप्ताको कमाण्डमा चार जनाको टोली खटिएर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।