काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमबारे छानविन शुरु गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । गत भदौ २३ र २४ मा भएको जेन-जी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका काँग्रेस सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुको घरमा नगद रकम जलेको भेटिएको थियो । प्रधानमन्त्री कार्कीले विगतका भ्रष्टाचार प्रकरणहरूबारे सरकार जानकार रहेको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही अघि बढाइने स्पष्ट पार्नुभयो ।
उहाँले आन्दोलनको क्रममा तोडफोड र आगजनीमा परेको संरचना पुर्ननिर्माणको कार्य समेत अघि बढिसकेको उल्लेख गर्नुभयो ।