साउदीमा पक्राउ परेका म्यानमारका नागरिकसँग नेपाली राहदानी भेटिएकाे खुलासा

अनुसन्धान अघि बढाउन परराष्ट्रद्वारा नेपाली दूतावासलाई निर्देशन
आश्विन ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
साउदीमा पक्राउ परेका म्यानमारका नागरिकसँग नेपाली राहदानी भेटिएकाे खुलासा

काठमाडौं । साउदी अरबमा पक्राउ परेका म्यानमारका नागरिकसँग नेपाली राहदानी भेटिएपछि थप अनुसन्धान अघि बढाउन परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई निर्देशन दिएको छ ।

साउदी अध्यागमनले हालै पक्राउ गरेका आप्रवासीमध्ये म्यानमारका नागरिकसँग नेपाली राहदानी भेटिएको थियो । राहदानी विभाग र जिल्ला प्रशासन कार्यालयहरुले नेपाली नागरिकताका आधारमा मात्र राहदानी जारी गर्ने गरेका छन् । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले म्यानमारका नागरिकसँग नेपाली राहदानी भेटिएको भन्ने जानकारी आएपछि साउदी अरबस्थित नेपाली दूतावाससँग बुझ्ने काम भइरहेको जानकारी दिनुभयो । 

यस विषयमा यथार्थ जानकारी आएपछि थप कारबाही अघि बढाउने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.