छिरिङ डिकी लामाद्वारा मनास्लु हिमालको सफल आरोहण

आश्विन ८, २०८२ |भीमलाल श्रेष्ठ
छिरिङ डिकी लामाद्वारा मनास्लु हिमालको सफल आरोहण

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-१ सामागाउँकी स्थानीय २२ वर्षीया छिरिङ डिकी लामाले मनास्लु हिमालको सफल आरोहण गर्नुभएको छ।

लामाले मंगलबार बिहान १० बजेर ५० बजे ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको आरोहण गरेको बेस क्याम्प फर्किए पछि छिरिङ डिकी लामाले जानकारी दिनुभयो । 

छिरिङले पायोनियर एड्भेञ्चर कम्पनी प्रालिमार्फत् आरोहण गर्नुभएको हो । उहाँ गाउँघरमै घरायसी काम गरेर बस्नुहुन्छ । यसअघि सामागाउँका डिकी ल्हामु, मिङ्मार छिरिङ र नाङ्सल छोदेनले मनास्लु आरोहण गरिसकेका छन् । मनास्लु हिमाललाई किलर माउन्टेन भनेर पनि चिनिन्छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।