कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा कर्मचारीहरूले सेवा प्रवाह ठप्प पारेका छन् ।
जेन-जी पुस्ताका युवा समर्थकहरूले नगरपालिकासँग जोडिएका विवादितमा विवरण माग गरे पनि विवरण उपलब्ध नगराई नगरपालिकाका कर्मचारीहरु जिम्मेवार नभएको आरोप लगाएका छन् ।
जनप्रतिनिधि र कर्मचारीहरूले अनावश्यक बहानाबाजी गर्दै मातहतका सबै कर्मचारीलाई कार्यालयमा भेला गरेर काम गर्ने वातावरण बिथोली सेवा ठप्प पारेको सेवाग्राहीहरू बताँउछन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर बुढाथोकीले भने बिहीबार कार्यपालिकाको बैठक बसेर समस्याको समाधान खोजिने जानकारी दिनुभयो ।