काठमाडौं । हिन्दुहरुको ठूलो चाड दशैँ नजिकिएसँगै पाल्पाको तानसेन, रामपुर लगायत ग्रामीण बजारमा चहलपहल बढेको छ ।
तानसेन र रामपुर साथै ग्रामीण बजारमा घटस्थापनासँगै चहलपहल बढेको व्यापारीले बताएका छन् । पाल्पाका ग्रामीण बजारहरु छहरा, आर्यभन्ज्याङ्ग, ताँहु, डुम्रे, हार्थोक लगायतका बजार क्षेत्रका पसलमा केही दिनयता अत्यधिक भीड बढेको तानसेन बजार केही दिनयता व्यस्त बनेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भटराईले बताउनुभयो ।
बिहान ११ बजेपछि दिउँसो ४ बजेसम्म बजार क्षेत्रमा चहलपहल बढ्नुका साथै खरिद बिक्री गर्नेहरुको भीड लागेको छ । बजारमा भएको भीडभाडले पैदल हिड्ने र सरसामान किन्न पालो पर्खनुपर्ने अवस्था आएको छ ।