कानून नागरिकले बुझ्नेगरी स्पष्ट भाषामा लेखिनेछ : मन्त्री सिन्हा

आश्विन ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
कानून नागरिकले बुझ्नेगरी स्पष्ट भाषामा लेखिनेछ : मन्त्री सिन्हा

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्नुभएको छ ।

मंगलबार दिउँसो सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । उहाँले पदभार ग्रहण गर्दै कानून निर्माण प्रक्रिया सहज बनाउँदै नागरिक बुझ्नेगरी स्पष्ट भाषामा लेख्ने निर्णय गर्नुभयो ।

उहाँले जेन-जी पुस्ताको मागअनुसार मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नको लागि कानूनहरुमा आवश्यक संशोधन गरिने बताउनु भयो । उहाँले समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कानून निर्माण र सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.