दशैं लागेसँगै यात्रुवाहक सार्वजनिक सवारी साधनमा रूट परमिट खुला

आश्विन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
दशैं लागेसँगै यात्रुवाहक सार्वजनिक सवारी साधनमा रूट परमिट खुला

काठमाडौं । दशैं लागेसँगै यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रूट परमिट खुला गरिएको छ। देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रूट परमिट खुला गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार रूट परमिट खुला गरेसँगै अब रूट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन्। कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने बन्देज कायमै राखिने भएको छ। रूट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने बताइएको छ । 

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा टिकट लिनुपर्ने महासंघले जनाएको छ। यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.