काठमाडौं । भदौ २४ गते जेन-जी पुस्ताको आवरणमा देशैभरि सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड हुँदा सर्वोच्च अदालतसहित ७ वटा उच्च अदालत, विशेष अदालत र १४ वटा जिल्ला अदालतमा आगजनी भयो।
यसक्रममा अदालतका हजारौं मिसिल र अन्य फाइल खरानी बने। सिंहदरबारको आडैमा रहेको देशकै सर्वोच्च अदालत पनि आगोको भुंग्रोमा पर्यो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतका अनुसार कति मिसिल जले भन्नेबारे अदालत प्रशासनले अझैं अध्ययन गरिरहेको छ।
देशभरका विभिन्न अदालतमा भएको क्षतिको अनुमान नै गर्न सकिने स्थिति नरहेको उहाँले बताउनुभयो। अदालतको इतिहासमात्र क्षति भएको छैन, न्याय पर्खिरहेका हजारौं नागरिकका मुद्दासमेत अब प्रभावित हुने देखिएको छ।
सर्वोच्च अदालतको भवन क्षतविक्षत छ। सर्वोच्चमा हाल पालमुनि इजलास सञ्चालन गरिएको छ। प्रधानन्यायाधीश राउतले आफैंले प्रयोग गर्ने सवारीबाहेक अदालत परिसरमा दर्जनौं जलाइएका गाडीहरू खात पारेर राखिएका छन्।
बचेखुचेका कागजात संगाल्ने काम एकातिर चलिहरेको छ। प्रधानन्यायाधीश राउतलाई कान्तिपुर दैनिकक प्रधानसम्पादक उमेश चौहान र कान्तिपुर टेलिभिजनका नायब समाचारप्रमुख रूपेश श्रेष्ठले आइतबार अदालत परिसरमै पुगेर सोध्नुभएको छ- आखिर अदालतमा आक्रमण गर्नेहरू को हुन् ?
प्रधानन्यायाधीश राउतसँग सुशीला कार्की नेतृत्वको सरकार गठनको संवैधानिक आधार, न्यायालयसँग नागरिकका अपेक्षा र अब गर्नुपर्ने सुधारलगायतका विषयमा पनि कुराकानी गरिएको छ।
हेरौं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगको यो अन्तर्वार्ता: