जेन-जी आन्दोलन हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्री अर्यालको ध्यानाकर्षण

आश्विन ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलन हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्री अर्यालको ध्यानाकर्षण

काठमाडौं । जेन-जी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्यक गर्न खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरूले आइतबार सिंहदरबारमा गहमन्त्री ओमप्रकाश अर्याललाई भेट्दै आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएका हुन् । 

आन्दोलनका घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधिहरू सह्य नहुने चेतावनी पनि दिए । जेन-जीका विभिन्न समूहरूले वर्तमान परिस्थितिमा सरकार समक्ष आ-आफ्नै माग राखिरहेका छन् । 

जसमा राजनीतिक दलमा आवद्ध युवाहरूले समेत जेन-जी आन्दोलनको लाभ उठाउन लागेको भन्दै अर्को समूह आक्रोशित भएको छ । वास्तविक जेन-जी पुस्ता आफूहरू रहेको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धिमा रजाइँ गर्न नपाइने उनीहरूको चेतावनी छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.