काठमाडौं । जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका प्रहरी चौकी पुन: स्थापनासँगै त्यहाँ कार्यरत प्रहरीहरू काममा फर्किन थालेका छन् ।
सुनसरीस्थित इलाका प्रहरी कार्यालय पकली पुर्ननिर्माण गरी स्थानीयले प्रहरीलाई भित्राएका छन्। ठुलो संख्यामा भेला भएका स्थानीयले प्रहरीलाई फुलमाला र अबिर सहित स्वागत गरी काममा फर्काएका हुन् ।
उक्त प्रहरी कार्यालय स्थानीयको श्रमदान र आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको हो ।