काठमाडौं । शुक्रबार साँझदेखि पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक आइतबार अपराह्नदेखि सञ्चालनमा आएको छ ।
मुग्लिननजिक तुइनखोलामा सुख्खा पहिरो आएपछि शुक्रबार साँझदेखि नै सडकमा हजारौँ गाडी र यात्रु जाममा परेका थिए । सडक एकतर्फी खुलेसँगै भरतपुर डिभिजन सडक कार्यालयले चालकहरूलाई लेन अनुशासनमा रहेर गन्तव्य तर्फ जान अनुमति दिएको छ ।
पहिरो सफा गरेर सवारीसाधन चलाउन दिइए पनि सो क्षत्रमा ढुंगा झर्ने जोखिम अझ कायमै रहेको छ । तत्कालका लागि एकतर्फी गाडी सञ्चालन गर्ने र अस्तिदेखि नै रोकिएका गाडीहरू पार गराएपछि दुईतर्फी बाटो खोल्ने योजना रहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।