ओली, लेखक र काठमाडौंका सिडियोलाई कारबाही गर्न माग

जेन-जी आन्दोलनका घाइतेले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
आश्विन ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओली, लेखक र काठमाडौंका सिडियोलाई कारबाही गर्न माग

काठमाडौं । जेन-जी आन्दोलनका घाइतेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न माग गरेका छन् । 

आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री, गृहमन्त्री र काठमाडौं प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई तत्काल कारबाही गर्न माग गरेका हुन् । 

जेन-जीहरूको कोही नेतृत्व नभएको भन्दै घाइतेहरूले आफूहरूसँग सल्लाह नगरी कसैलाई टिपेर नेता नबनाउन पनि चेतावनी दिए । गृहमन्त्रालय प्रवेशका क्रममा पास नदिएपछि केहीबेर घाइतेहरूले सिंहदरबारको प्रवेशद्वारमा धर्ना दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.