दाउन्नेमा पहिरो खस्यो, यातायात अवरूद्ध

आश्विन ३, २०८२ |नवीन पौडेल
दाउन्नेमा पहिरो खस्यो, यातायात अवरूद्ध

परासी । पुर्व पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो खसेको छ । 

विनयी त्रिवेणी गाउँपालिका-२ पैसठ्ठी मोड नजिकै पहिरो खसेपछि यातायात अवरूद्ध भएको प्रहरीले जनाएको छ ।

तीन दिनदेखि लगातार परिरहेको वर्षाको कारण दुई दिनदेखि एकतर्फी मात्र यातायात सञ्चालन भएको सडकमा पहिरो खसेपछि यात्रु अलपत्र परेका छन । पहिरो हटाउने काम भैरहेको भए पनि पानी परीरहेकाले सडकको अवस्था राम्रो नहुँदा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले बताउनुभयाे ।

दाउन्नेमा पानीको निकास नहुँदा वर्षाको पानी सडकमा नै बग्दा सवारी आवागमन प्रभावित हुँदै आएको छ । हरेक वर्ष यहि समस्या दोहोरिँदा पनि सडक विभाग र सडक बिस्तारको जिल्ला लिएको चाइना स्टेट कर्पोरेसनले चासो समस्या समाधानमा चासो नदिँदा यात्रुले सास्ती भोग्दै आएका छ्न ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।