राष्ट्रपति पौडेलसँग भेटेर नागरिक अगुवाले के भने ?

आश्विन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति पौडेलसँग भेटेर नागरिक अगुवाले के भने ?

काठमाडौं । नागरिक समाजका अगुवाहरूले अन्तरिम सरकारको मुख्य काम चुनाव गराउनु भएकाले दलहरूसँग अनावश्यक प्रतिशोध नसाँध्नका लागि सचेत गराउन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

नागरिक समाजका अगुवाहरूले बिहिबार शीतल निवासमा राष्ट्रपति पौडेललाई भेटेर ज्ञापनपत्र समेत बुझाएका छन् । उनीहरूले दलहरूसँग अनावश्यक प्रतिशोध नसाँध्न पनि आग्रह गरेका छन् । राजनीतिक दलहरूसँग प्रतिशोध साँधिए अनावश्यक तनाव सिर्जना हुने उनीहरूको निष्कर्ष छ ।

नागरिक समाजका अगुवाहरूले लोकतन्त्रको आधारस्तम्भ आमनागरिक र राजनीतिक दलहरू नै भएकाले उनीहरूको भूमिका न्यूनीकरण गर्ने काम गर्न नहुने बताए । 

दलहरूविरूद्धमा प्रतिशोध साँध्ने र संवैधानिक संरचनाहरूलाई असंवैधानिक ढंगले खुम्च्याउने वा चलाउने भएमा अर्को द्वन्द्व र तनाव सिर्जना हुने उनीहरूको भनेका छन् ।

नागरिक समाजका अगुवाहरूले जे जस्तो परिस्थितिमा पनि चुनावको मिति निर्धारण भइसकेकाले अब संविधानका केही धारामा लागेको ग्रहण अस्याथी होस् भन्ने चाहना आफूहरूको रहेको बताएका छन् ।

त्यस क्रममा राष्ट्रपति पौडेलले देशको असाधारण परिस्थितिमा आफूले भूमिका खेलेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.