जेन-जी आन्दोलनपछि २० अर्ब बढी बीमा दाबी, ३५ अर्बसम्म पुग्ने अनुमान

आश्विन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनपछि २० अर्ब बढी बीमा दाबी, ३५ अर्बसम्म पुग्ने अनुमान

काठमाडौं । जेन-जी आन्दोलनमा सरकारी दमनपछि जनधनको ठूलो क्षति भएपछि बीमा कम्पनीमा मागदाबी पर्ने क्रम उच्च देखिएको छ ।

नेपाल बीमा प्राधिकरणकाअनुसार हालसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा १ हजार ९८४ वटा दाबी परेका छन् । जसको दाबी रकम करिब २० अर्ब ७० करोड रूपैयाँ भन्दा बढी रहेको छ ।

बीमा कम्पनीमध्ये सबैभन्दा बढी दाबी दि. ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ । सो कम्पनीमा ४० वटा दाबी दर्ता भई दाबी रकम करिब ५ अर्ब १४ करोड रूपैयाँ पुगेको छ । दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ । जसमा २ सय ५८ दाबी दर्ता भई करिब ४ अर्ब ९३ करोड रूपैयाँ पुगेको छ ।

त्यसैगरी, शिखर इन्स्योरेन्समा २६६ दाबी भई २ अर्ब ३९ करोड रूपैयाँ दाबी भएको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबी बापत एक अर्ब ५९ करोड ६ लाख रूपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबी बापत एक अर्ब ४७ करोड ५५ लाख रूपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबी बापत एक अर्ब १५ करोड ६२ लाख रूपैयाँ र नेको इन्स्योरेन्समा ४० वटा दाबी बापत एक अर्ब नौ करोड ५३ लाख रूपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणकाअनुसार सानिमा जिआइसी इन्स्योरेन्समा १२९ वटा दाबी बापत ७८ करोड ९३ लाख रूपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दाबी बापत ४९ करोड ५१ लाख रूपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दाबी बापत ४८ करोड ५१ लाख रूपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।

नेपाल इन्स्योरेन्समा ७९ वटा दाबी बापत ४६ करोड ९४ लाख रूपैयाँ, एनएलजी इन्स्योरेन्समा १५१ वटा दाबी बापत ३८ करोड ५८ लाख रूपैयाँ, प्रभु इन्स्योरेन्समा ६९ वटा दाबी बापत १९ करोड १८ लाख रूपैयाँ र नेशनल इन्स्योरेन्समा १९ वटा दाबी बापत ६ करोड ८२ लाख रूपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।

साथै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ वटा दाबी बापत एक करोड १३ लाख रूपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा ६ वटा दाबी बापत ६७ लाख रूपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्समा १५ वटा दाबी बापत ५६ लाख रूपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ८ वटा दाबी बापत ४२ लाख रूपैयाँको बीमा दाबी परेको छ ।

जेन-जी आन्दोलनमा भएका सरकार दमन पछि ठूलो क्षति भएको थियो । संसद् भवनदेखि सरकारी कार्यालय, व्यपारिक घरनाहरू ध्वस्त हुँदा खबौँको क्षति भएको थियो । अहिलेसम्मको दाबी आकलन हेर्दा ३५ अर्बसम्म दाबी पर्न सक्ने अधिकारीहरूले आकलन गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.