नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई निरन्तर सहयोग गर्ने मोदीको प्रतिबद्धता

आश्विन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई निरन्तर सहयोग गर्ने मोदीको प्रतिबद्धता
Photo : Agency

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

बिहिबार भएको वार्तामा भारतका प्रधानमन्त्री मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

टेलिफोन वार्तापछि मोदीले सामाजिक सञ्जाल एक्समार्फत् नेपालका प्रधानमन्त्री कार्कीसँग आत्मीय कुरा भएको जानकारी दिनुभएको छ । वार्ताका क्रममा मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेन-जी युवा आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारमा समवेदनासमेत प्रकट गर्नुभएको छ । 

मोदीले नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको शुभकामना समेत दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.