गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

भाद्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । १९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक दमनको नैतिक जिम्मेवारी लिँदै मन्त्री लेखकले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्रीलाई राजीनामा दिनुभएको हो ।

काठमाडौंलगायत देशका मुख्य शहरहरूमा भएको जेन-जी युवाहरूले आन्दोलन चर्काएपछि साँझ ६ बजे आकस्मिक मन्त्रिपरिषद्को बैठक बसेको हो । मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी भएको थियो । 

त्यसअवसरमा देउवाले आजैको बैठकबाट सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको जनाइएको छ । सरकारले बन्द गराएको सामाजिक प्लेटफर्मको विषयलाई लिएर सत्तारुढ दल एमालेले पनि आन्तरिक छलफल गरेको छ । 

एमाले पदाधिकारीबीच भएको छलफलमा बन्द रहेका सामाजिक सञ्जालहरूलाई क्रमश खोल्दै जाने विषयमा कुराकानी भएको एक पदाधिकारीले जानकारी दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.