‘जेन-जी’ प्रदर्शनीमा भएका घटनाबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग

भाद्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘जेन-जी’ प्रदर्शनीमा भएका घटनाबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेन-जी पुस्ताको नाममा साेमबार भएको प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

पार्टी सचिवालयको आकस्मिक बैठकपछि विज्ञप्ति जारी गर्दै रास्वपाले प्रदर्शनीमा घाइते भएकाको निःशुल्क उपचार र घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा प्रदर्शनमा प्रहरीद्वारा भएको बल प्रयोगको भर्त्सना गरिएको छ ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.