आन्दाेलनरत जेन-जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिकाे निर्देशन

भाद्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
आन्दाेलनरत जेन-जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिकाे निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेन-जी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरूलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरू राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च शतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको समिति सभापति सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो । 

समितिले सामाजिक सञ्जाल सन्दर्भमा तथ्यगत कुरा समितिको आगामी बैठकमा जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

सभापति थापाले आन्दोलनको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । जेन-जी आन्दोलनका कारण सोमबार काठमाडौको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.