मन्त्रिपरिषद् बैठक जारी

भाद्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

नियमित कार्यसूची तथा साेमबार भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गर्नुभएको उहाँको सचिवालले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकअघि सम्पन्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो सुरक्षा स्थितिका विषयमा सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुुखसँग छलफल गर्नुभएको थियो ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.