सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

भाद्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल स्थगन गर्न सरकारसँग माग गरेको छ ।

सर्वोच्च बारका सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल आमनागरिकको अभिव्यक्ति र सम्पर्कको माध्यम भएकाले उक्त निर्णय तत्काल स्थगन गर्न माग गर्नुभएको हो । 

यस्तै, प्रदर्शनका क्रममा घाइते भएका सबैको निःशुल्क उपचार गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । “विकृति, विसङ्गति, अनियमितता र भ्रष्टाचारविरूद्ध ‘जेनजी’ ले साेमबार मुलुकभर प्रारम्भ गरेको विरोध प्रदर्शन तथा आन्दोलनमा भएका अप्रिय घटनाबाट प्रदर्शनकारी घाइते भएका र सार्वभौम नागरिकको मृत्युसमेत हुन गएकातर्फ बारको ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.