जेन-जी पुस्ताको प्रदर्शन चर्किएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
भाद्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी पुस्ताको प्रदर्शन चर्किएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

काठमाडौं । जेन-जीको प्रदर्शनमा चर्किएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार साँझ ६ बजे बस्ने गरी बैठक बोलाउनु भएको हो । यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि बोलाइएको छ ।

यस्तै, जेन-जीको प्रदर्शन र उनीहरूले उठाएका मागबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.