लुम्बिनी प्रदेशमा ७ वर्षमा खानेपानी योजनाका लागि झण्डै २१ अर्ब लगानी

भाद्र २२, २०८२ |अमृता अनमोल
लुम्बिनी प्रदेशमा ७ वर्षमा खानेपानी योजनाका लागि झण्डै २१ अर्ब लगानी

रुपन्देही । लुम्बिनी प्रदेशमा ७ वर्षमा खानेपानी योजनाका लागि झण्डै २१ अर्ब रुपैयाँ लगानी भएको छ। तर, प्रदेशका ५७.५ प्रतिशत परिवारले मात्र धारा वा पाइपको खानेपानी खान पाएका छन्। प्रदेश सरकारको शहरी विकास तथा खानेपानी मन्त्रालयका अनुसार आर्थिक वर्षको २०८१, ८२ सम्म २० अर्ब ९७ करोड ६८ लाख २ हजार रुपैयाँ खानेपानी योजनामा लगानी भएको छ । 

त्यसमध्ये प्रदेश सरकारले ११ अर्ब ५ करोड ७४ लाख ४ हजार रुपैयाँ लगानी गरेको छ । संघले ९ अर्ब ९१ करोड ५२ लाख ७८ हजार र प्रदेश सरकारको कुल बजेट ११ अर्ब ५ करोड ७४ लाख ४ हजार रुपैया खानेपानी योजनामा खर्च भएको छ । 

सहरी विकास तथा खानेपानी मन्त्रालयका खानेपानी महाशाखा प्रमुख गुणनिधी पोख्रेलले योजना धेरै हुने तर, पर्याप्त बजेट नहुँदा सुरु योजना पुरा गर्न र नागरिकमाझ स्वच्छ खानेपानी पुर्याउन नसकेको बताउनुभयो। 

उहाँका अनुसार हाल लुम्बिनीमा १ हजार ७ सय ६ खानेपानी योजना सञ्चालनमा छन् । त्यसमध्ये प्रदेश सरकारले लगानी गरेका एक हजार ३९० वटा योजना सञ्चालन भएका छन् । संघीय सरकारले लगानी गरेका ३ सय १६ वटा आयोजना हस्तान्तरण गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै ठाउँमा खानेपानीको पहुँच पु¥याउने गरी ७ वर्षअघि ‘एक घर, एक धारा’ संकल्प प्रस्ताव पारित गरेको थियो । तर, अहिलेको अनुपातमा बजेट विनियोजन भए सबै नागरिकका घरमा खानेपानी पुर्याउन १० वर्ष बढी लाग्यो प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालले बताउनुभयो ।  


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।