जीएसआईमा नेपालले सहमतिबारे प्रधानमन्त्रीको जवाफ माग

भाद्र १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
जीएसआईमा नेपालले सहमतिबारे प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले सरकारले चीनको ग्लोवल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा सहमति गरेको समाचारबारे प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले जीएसआई नेपालको परराष्ट्र नीतिविपरित रहेको उल्लेख गर्दै यसले नेपालको हित हुन नसक्ने बताउनु भयो । उहाँले जिएसआईमा नेपालमा सहभागी भएर आएकोबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने पनि बताउनु भयो । विद्यालय शिक्षा ऐनप्रति असहमति जनाउँदै आन्दोलनरत निजी विद्यालयका मागहरुमा समेत समर्थन जनाउनुभएका राणाले निजी विद्यालयहरुले नेपालको गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण योगदान दिएका कारण उनीहरुलाई गैरनाफामुलक बनाउन नहुने कुरामा जोड दिनुभयो ।

सरकारले भने चीनको जीएसआईमा नेपालले कुनै किसिमको सहमति नगरेको जिकिर गरेको छ । चीनको थियानजिनमा आयोजित सांघाइ सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जिएसआईमा नेपालले सहमति जनाएको भनेर सार्वजनिक भएका समाचार आधारहीन भएको सरकारको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.