कर्णाली राजमार्ग खुलाउन सेनाको टोली सकृय

भाद्र १७, २०८२ |डीबी बुढा
कर्णाली राजमार्ग खुलाउन सेनाको टोली सकृय

जुम्ला/ आइतबार देखि पहिरोका कारण बन्द भएको कर्णाली राजमार्ग खुलाउन नेपाली सेनाको टोली गगनेखोलामा पुगेको छ । सेनाको टोलीले ब्लाष्टिङको तयारी गरिरहेको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी इन्जिनियर प्रदीपनारायण चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेनाको टोलीले सोमबार तीन वटा ब्लाष्टिङ गरेको थियो । पहिरो सँगै आएको ठुलो ढुंगा तीन वटा ब्लाष्टिङ गर्दा पनि नफुटेपछि फेरी बिहानै सेनाको टोली पहिरो गएको गगनेखोलामा पुगेको हो ।

आज जसरी पनि सडक खुलाउने तयारीका साथ सेना सकृय रहेको सुचना अधिकारी चौधरीले बताउनुभयो । झण्डै एक सय घनमिटरको ढुंगा सडकमा आएर बसेको छ । यसअघि सडक डिभिजनले डोजरको प्रयोग गरेर पहिरो पन्छाउन सुरु गरेपछि चट्टान फोड्न सकेको थिएन ।

पाँच दिनदेखि कर्णाली राजमार्ग ठप्प हुँदा जुम्ला देखि पठाइएका झण्डै १३ करोडको स्याउ कुहिने अवस्थामा पुगेको छ ।

जुम्लाका किसानले छिटोभन्दा छिटो सडक खुलाएर स्याउ ढुवानीमा सहजता ल्याइदिन माग गरेका छन । 


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।