बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु

भाद्र १७, २०८२ |वरुण पनेरू
बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु

बैतडी/ बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार जिल्लाको पाटन नगरपालिका–७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको मृत्य भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

जंगली जनावर मार्नका लागी मकैबारीमा थापेको बिद्युतीय पासोमा परेर करेन्ट लागेर पार्वतीको मृत्यु भएको हो । पार्वतीलाइ करेन्ट लागेको आफन्तले खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको हो ।

मृतक भट्टको शव परीक्षणका लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । 


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।