काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले प्रतिशोध साँध्न आफुलाई थुनामा पठाएको रवि लामिछानेको अभिव्यक्ति हाँस्यास्पद भएको टिप्पणी गर्नुभएको छ ।
वीरगञ्जमा सञ्चारकर्मीहरूसँग मन्त्री लेखकले सात वटा अदालतका बेन्चले दोषी ठहर गरी थुना पठाएको व्यक्ति आफु चोखिन सरकारलाई आरोप लगाउन नमिल्ने बताउनुभयो ।
अहिले देशैभरीका कारागारमा करिब २८ हजार व्यक्ति थुनुवा र कैदीको रूपमा रहेको बताउनुहुँदै मन्त्री लेखकले ति सबैले आफुसँग प्रतिशोध भएको भन्न नसुहाउने तर्क गर्नुभयो ।
अरबौं रूपैयाँको सहकारी ठगीमा संलग्न व्यक्तिले अदालतको छानबिनलाई प्रतिशोध भनेर उम्कन नसक्ने उहाँको भनाइ छ । मन्त्री लेखकले आफुले गरेको गल्ति अर्कोतिर मोड्न त्यस्तै व्यक्तिहरुले भिजिट भिषाको प्रकरण झिकेर राजिनामाका लागि दबाव दिएको बताउनुभयो ।
उहाँले आफुमाथि लागेको आरोप सम्बन्धमा अख्तियारले छानविन गरिहेको बताउँनुहुँदै कसैले आरोप वा उजुरी दिँदैमा मन्त्रीले राजिनामा दिन नमिल्ने बताउनुभयो ।