मुलुकको समृद्धिको बाधक हुने बेथितिको अन्त्य आवश्यक: राष्ट्रपति पौडेल

भाद्र १२, २०८२ |दीपेन्द्र शाक्य
मुलुकको समृद्धिको बाधक हुने बेथितिको अन्त्य आवश्यक: राष्ट्रपति पौडेल

संखुवासभा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको बेथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त हुनुपर्नेमा जोड दिनुभएको छ । मादी माध्यमिक विद्यालय संखुवासभाको हीरक महोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए । 

उनले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान÷अन्वेषण लक्षित बनाउन पाठ्यक्रम, सिकाइ पद्दति र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताए ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।