पाँच महिनादेखि पत्रकार महासंघ रुकुममा लागेको ताला खुल्यो

भाद्र १२, २०८२ |महेश केसी
पाँच महिनादेखि पत्रकार महासंघ रुकुममा लागेको ताला खुल्यो

रुकुमपश्चिम/ नेपाल पत्रकार महासंघ रुकुम पश्चिम जिल्ला शाखाको सम्पर्क कार्यालयमा विगत ५ महिनायता लगाईएको तालाबन्दी बिहीवारबाट खुलेको छ । बिभिन्न माग राख्दै प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठनले गत वैशाख ५ गते लगाएको ताला खुलेको हो ।

जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका–१ स्थित खलंगा बजारको एक निजी घरमा रहेको महासंघको सम्पर्क कार्यालयमा कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी र एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनले तालाबन्दी गरेका थिए । सदस्यता शुद्दिकरण तथा सिफारिस, जिल्ला शाखाभित्रको आर्थिक पारदर्शिता, समानुपातिक विज्ञापन प्रणाली र जिल्ला कार्यसमितिमा मनोनित सदस्यमा वर्तमान शाखाले गरेको मनोमानी विषय कारण देखाउदै ती संगठनले ताला लगाएका थिए ।

आन्दोलनरत विभिन्न संगठन र पत्रकार महासंघ बिच पटक–पटक भएको छलफल र वार्ताको निष्कर्ष अनुसार संगठनहरुले राखेका मागका सम्बन्धमा पत्रकार महासंघ सकारात्मक रहेको र आगामी दिनमा सुधार गर्दै लैजाने सहमति भएको छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।