काठमाडौं । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमणमा रहनुभएकी भियतनामी समकक्षी भो थी आन्ह सुआनबीच आइतबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।
आइतबार बिहान काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न भेटवार्तामा व्यापार, लगानी, जलविद्युत, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको छ ।
बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल-भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा समग्र छलफल भएको जानकारी दिइएको छ ।
भेटवार्तामा सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवर्द्धनका लागि एयर कनेक्टिभिटी बढाउने तथा डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको छ ।
दुवै देशले जलवायु परिवर्तन र वातावरणीय चुनौतीको सामना गर्न सहकार्य गर्ने सहमति भएको छ । नेपालको तीन दिने भ्रमणमा आउनुभएको भियतनामी उपराष्ट्रपति भोलि स्वदेश फिर्ता हुने तालिका छ ।