काठमाडौं । झन्डै साढे दुई महिनाको विवादपछि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गोला प्रक्रियाबाट संवैधानिक इजलास गठनको प्रस्ताव गरेपछि अन्य वरिष्ठ न्यायाधीसले बिरोध गरेका थिए ।
यही विवादका कारण साढे दुई महिनादेखि इजलास बस्न सकेको थिएन । बुधबार प्रधानन्यायाधीश राउत आफैँले न्यायाधीश छनोट गरेर संवैधानिक इजलास तोक्नुभएको हो ।
बुधबार संवैधानिक इजलासमा १५ वटा पेसी चढेका थिए । यसअघि संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश तोक्ने गरिएकोमा अहिले संवैधानिक व्याख्याबमोजिम प्रधानन्यायाधीश राउतले आफैँले तोक्नुभएको हो ।