भौतिकमन्त्री देवेन्द्र दाहालकै गाडीमा छैन् इम्बोस्ड, नागरिकलाई भने अनिवार्यको फरमान

भाद्र ११, २०८२ |विकास आचार्य
भौतिकमन्त्री देवेन्द्र दाहालकै गाडीमा छैन् इम्बोस्ड, नागरिकलाई भने अनिवार्यको फरमान

काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न ताकेता गर्दै आएका सरकारकै मन्त्रीको गाडीमा भने अझै जडान भएको छैन । तालुकदार मन्त्रालय भौतिक पूर्वाधार तथा यातायातसहित अधिकांश मन्त्रीको गाडीमा इम्बोस्ड नम्बर प्लेट नभएकाे पाईएकाे हो । 

त्यसो त मन्त्री, प्रधानमन्त्रीकाे गाडीमा इम्बाेस्ड प्लेट नभएपनि केही सरकारी कर्मचारीकाे गाडीमा भने इम्बाेस्ड जडान छन् । यातायात व्यवस्था विभागका अनुसार मात्र ९० हजार सेवाग्राहीले मात्रै इम्बोस्ड जडान छन् । 

सरकारका मन्त्री तथा कर्मचारीले चढ्ने अधिकांश गाडीमा इम्बोस्ड जडान नभएको हो । तर सरकारले नागरिकलाई भने जडान गर्न दबाब दिइरहेको छ ।

सरकारी दबाबकै बीच सेवाग्राहीले इम्बोस्ड नम्बर प्लेट जडान गर्न मानिरहेका छैनन् । वुढानिलकण्ठका फडिन्द्र भट्टराईकाे गुनासाे छ, सरकारले सुरूमा लाइसेन्स दिओस् । 

यता सरकारले इम्बोस्ड नम्बर प्लेटबारे सेवाग्राहीलाई बुझाउन नै सकेको छ । अहिले नागरिकको चासोका विषय देवनागरि लिपी, शुल्क र प्रविधिबारे छ । 


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।