दाङ/ दाङमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
गढवा गाँउपालिका–१ धोद्रेमा ना ८ ख ८२५९ नम्बरको ट्रिपरले लु ३९ प ८३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार ऐरावती गाँउपालिका–५ का १९ वर्षीय शुसिल थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बमले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक ऐरावती गाँउपालिका–५ का प्रचण्ड थापा क्षेत्री गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापा क्षेत्रीलाई लमहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।
मोटरसाइकललाई ठक्कर दिने ट्रिपर र त्यसका चालक शिबराज नगरपालिका–२ कपिलबस्तुका हसानु थारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको पनि प्रहरी जनाएको छ ।