काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सरकार गम्भीर रूपमा यो विषयमा जुटिरहेको स्पष्ट पार्दै चाँडै सकारात्मक परिणाम आउने अपेक्षा व्यक्त गर्नुभयो।
इजरायलबाट फर्किएका विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पासँगको भेटपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली यस्तो आश्वासन दिनुभएको हो ।
हालै विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा इजरायलबाट फर्किएका छन् । इजरायलबाट फर्किएलगत्तै उनीहरुले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको छ । विपिनको रिहाइका पहलका लागि नेपाली दूतावासको समन्वयमा उनीहरूले इजरायली राष्ट्रपति र त्यहाँको संसद्का अध्यक्षसँग भेटवार्ता गरी स्वदेश फर्किएका छन्।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरुसँग भेट भयो। विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो। बिपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन।