संखुवासभा । कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा ठूलाे पहिरो गएको छ । पहिरोका राजमार्ग बिहिबारबाट ठप्प भएको छ।
खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने यो राजमार्ग हुङगुङ नजिकै करिब १ सय १५ किलोमिटर खण्डमा बिहिबार गएको ठूलो पहिरोका कारण अवरूद्ध बनेको हो।
करिब ३ सय मिटर सडकमा पहिरो झरेकाले पूर्ण रूपमा बन्द रहेको उत्तरदक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरूङले बताउनुभयाे । ठूलो ढुंगा, माटो र झाडी मिसिएको पहिरो सडकमा खस्दा यातायात सम्पूर्ण रूपमा रोकिएको छ, उहाँले भन्नुभयाे, भीरालो भूभाग भएकाले तत्काल पहिरो पन्छाउन गाह्रो भएको छ। भीरकै ढुंगा र माटो खसेकाले मेसिन प्रयोग गर्न सक्ने अवश्था छैन, जसले गर्दा काम अझै जटिल भएको छ ।'
तीन दिनअघि गएको पहिरोले राजमार्ग अवरूद्ध हुँदा दैनिक उपभोग्य वस्तु, इन्धन, निर्माण सामग्रीलगायतका सामान ढुवानी प्रभावित भएको उहाँले बताउनुभयाे ।
निर्माणाधिन सडक भएकाले हरेक वर्ष वर्षा याममा यस क्षेत्रमा पहिरो जाने गर्छ, तर यस पटकको पहिरो अत्यधिक ठूलो भएकाले कहिले खुल्ने भन्ने टुंगो छैन, उहाँले भन्नुभयाे, योजनाका प्राविधिक टोलीले पहिरो हटाउने प्रयास जारी राखेका छन्। तर भीरालो जमिन र लगातारको वर्षाले थप चुनौती बढाएको छ।
तीन दिनदेखि ठप्प रहेको कोशी राजमार्ग कहिले सुचारू हुन्छ भन्ने निश्चित छैन।