पूर्वी नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा अहिले सवारीसाधनको लामो जाम छ । रातभर पानी परेपछि बाटो चिप्लिँदा उकालो र ओरालोमा सवारी सञ्चालन असहज भएको हो ।
चिप्लो उकालोमा ठूलासवारी उक्लिन समस्या भएपछि विश्वकर्मा मन्दिर, पैसट्ठी मोड र खुर्सानी खोलामा सडक एकतर्फी भएकालेसवारीसाधनको लामो जाम लागेको ट्राफिक प्रहरीले जनाएको छ।एकतर्फ पहाड र अर्कोतर्फभीर रहेको यो खण्डमा पानी पर्दा सडकमै भल बग्नाले आवागमन कठिन हुने गरेको छ ।
तत्कालै सडक सहज हुने अवस्था नरहेकाले स्थानीय प्रशासन र प्रहरीले यात्रुलाईवैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।