काठमाडौं । विद्यालय शिक्षा विधेयकको केही प्रावधानप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरु सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
निजी विद्यालय सञ्चालनका चार वटा संस्था प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले निजी विद्यालयहरु क्रमश: गैरनाफामूलक बनाइने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् । प्रतिनिधि सभाको शिक्षा समितिले निजी विद्यालय क्रमश: गैरनाफामूलक हुने र निजी विद्यालयले १० देखि १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने सहमति जुटाएको छ । तर निजी विद्यालयका सञ्चालकहरुले भने समितिले जुटाएका सहमतिमा विमति राख्दै प्रदर्शनमा उत्रिएको हो ।