लिपुलेकमाथि भारतले दाबी गर्न सक्दैन : स्वास्थ्यमन्त्री पौडेल

भाद्र ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
लिपुलेकमाथि भारतले दाबी गर्न सक्दैन : स्वास्थ्यमन्त्री पौडेल

धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लिपुलेक क्षेत्रमाथि भारतले दाबी गर्न नसक्ने स्पष्ट पार्नुभएको छ। 

प्रेस युनियनले आज कैलालीको धनगढीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले ऐतिहासिक तथ्य र प्रमाणहरूले लिपुलेक नेपालको भूमि भएको प्रष्ट पारेको भन्दै यसमा भारतले दाबी गर्न नमिल्ने बताउनुभयो।

उहाँले दुई छिमेकीबीच यसलाई लिएर दरार आउन नहुने भन्दै कूटनीतिक पहलमार्फत समाधान खोजिनुपर्नेमा जोड दिनुभयो। मन्त्री पौडेलका अनुसार लिपुलेक नेपालको हो भन्ने तथ्य र प्रमाणहरू नेपाल सरकारसँग उपलब्ध छन् र ती सबै दस्तावेज प्रस्तुत गरेर भारतलाई स्पष्ट पार्नुपर्ने आवश्यकता छ।

उहाँले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत सञ्चालित गेटा अस्पताललाई ३ सय शय्याको बनाउने तयारी भइरहेको जानकारी दिँदै बजेट र दरबन्दी स्वीकृतिका लागि फाइल अर्थ मन्त्रालयमा पठाइएको बताउनभुइो । प्रक्रिया पूरा भएपछि विश्वविद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरिने पनि मन्त्री पौडेलले जानकारी दिनुभयो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.