खिम्ती सडक एकतर्फी रुपमा सञ्चालन

भाद्र ४, २०८२ |नवराज श्रेष्ठ
खिम्ती सडक एकतर्फी रुपमा सञ्चालन

रामेछाप। तामाकोशी नदीको कटानले भासिएको पुष्पलाल राजमार्गअन्तर्गत रामेछापको मन्थली–खिम्ती सडक एकतर्फी सञ्चालनमा आएको छ।लिखु तामाकोशी–७ तिल्पुङस्थित हल्देबजार नजिकै करिब २० मिटर सडक बुधवार बिहानैदेखि भासिएपछि ठुला सवारी–आवागमन अवरुद्ध भएको थियो ।

सडक साँघुरो भएकाले अहिले एकतर्फी मात्र सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो ।

गत वर्ष पनि सोही स्थानमा लेदो पसेर सडक बिग्रिएपछि जालीसहितको वाल उठाएर मर्मत गरिएको थियो । तर यस वर्ष तामाकोशी नदीको कटानले सडक भासिएको हो ।

सो सडक हुँदै रामेछापको उमाकुण्ड, गोकुलगङ्गा, लिखुतामाकोशी गाउँपालिका सहित दोलखाकाको सहरे, तामाकोशी र मेलुङ गाउँपालिका हुँदै काठमाडौँ जाने सार्वजनिक सवारी साधन चल्ने गर्छन् ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।


सम्बन्धित