
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटका अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन टी-२० महिला वर्ल्डकप क्रिकेट खेलाउने अम्पायरमा नियुक्त भएका छन्।
उनी भोलि साेमबार भारत प्रस्थान गर्दैछन् भने भारतबाट नै १४ नोभेम्बरमा श्रीलंका जानेछन्। प्रतियोगिताको उद्घाटन खेल नोभेम्बर ११ (कार्तिक २५) मा भारतको नयाँ दिल्ली र फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्बर २३ (मंसिर ७) गते हुनेछ । नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्यान्डले पहिलो पटक आयोजना हुन लागेको दृष्टिविहिन टी-२० महिला विश्वकपमा सहभागिता जनाउने छन् ।
गुप्ता सिनियर टालीको विश्वकपको खेल खेलाउने नेपालका पहिलो अम्पायर बनेका छन्। यसअघि उनले विभिन्न प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरिसकेका छन्। उनले श्रीलंकामा हुने यस विश्वकपको भारत र पाकिस्तान बीचको खेलको अम्पायरिङ समेत गर्ने भएका छन्।
अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उनी यस्तो जिम्मेवारी सम्हाल्ने पहिलो व्यक्तिहरूमध्ये पर्छन्। यस नियुक्तिलाई नेपाली क्रिकेट जगतका लागि गौरवको विषयका रूपमा हेरिएको छ।