पाल्पा । पाल्पाको तानसेनस्थित अमरनारायण मन्दिरको मूर्तिलाई सोमबार खटमा राखेर २ सय १८ वर्षदेखि निरन्तर बजार परिक्रमा गराउँदै तानसेनमा निकालिने नौ दिने जात्रा सकिएको छ । भीमसेन थापाका बाबु अमरसिंह थापाले विक्रम सम्बत् १८६३ मा अमरनारायण मन्दिर निर्माण गरेको र काठमाडौको जात्राबाट प्रभावित कर्णेल उजिरसिंह थापाले अमरनारायणको मुर्तिलाईसमेत रथयात्रा गर्ने परम्परा चलाएका हुन् ।
रथलाई तानसेनका विभिन्न टोलमा लगिएको थियो भने रथयात्रामा भजनकिर्तन, नेपाली सेनाको व्याण्ड बाजा, सलामीसहित, टोलविकास संस्था, विद्यालयका विद्यार्थी समेतको सहभागिता रहेको थियो । रथ उचाल्दा नेपाली सेनाद्वारा बढाइ“ दिने चलन छ भने रथ उचालेपछि रथलाई ३ पटक मन्दिरको परिक्रमा गराइन्छ ।
अमरनारायण मन्दिरमा काठमाडौ किर्तीपुरको उमामहेश्वरको मन्दिरमा जस्तै पेगोडा शैलीको टुँडालको पुछारमा विभिन्न आसनमा कामक्रिडाका चित्रहरु कुँदिएका छन् ।