गाेरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही गरौं भन्ने उमेरका युवामा अहिले आत्मविश्वास हराउँदै गएको बताउनुभएको छ ।
गोरखा जेसिजले आयोजना गरेको जेसिज सप्ताहको उद्घाटन गर्दै केहीले राजनितिक स्वार्थ सिद्ध गर्ने नाममा देशमा केही हुदैन भन्ने सृजना गरेको भाष्यका कारण युवामा निराशा आएको बताउनुभयो ।
गोरखा जेसिजले सप्ताह उद्घाटनको अवसरमा १९९५ मा भारतमा सम्पन्न ७औं सागमा स्वर्ण पदक विजेता तथा १९८८ मा दक्षिण कोरिया र १९९६ मा अमेरिकामा आयोजित ओलिम्पिकमा सहभागि धावक गोरखाका टिका बहादुर बोगटीलाई सम्मान गरेको छ ।
जेसिज सप्ताहकै अवसरमा खुल्ला दौड प्रतियोगितासमेत सम्पन्न भएको छ ।