महान्यायाधिवक्ता भण्डारीद्वारा सपथ ग्रहण

भाद्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
महान्यायाधिवक्ता भण्डारीद्वारा सपथ ग्रहण

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । 

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो । वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । 

नेपालको इतिहासमा उहाँ पहिलो महिला महान्यायाधिवक्ता बन्नुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उहाँलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । 

यसअघि, महान्यायाधिवक्ता रमेश बडाल हुनुहुन्थ्यो । उहाँले राजीनामा दिएपछि भण्डारी महान्यायाधिवक्ता हुनुभएको हो । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुनुहुन्छ । यसअघि उहाँ सूचना आयुक्तसमेत रहिसक्नुभएको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.