मुग्लिन (चितवन) । पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना-५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि साेमबार बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो ।
सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ः०० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो ।
वर्षाको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।-रासस